प्रहरीले गोली चलाएर समात्यो ठूलो परिमाणको लागूऔषधसहित कारोबारी
सिरहा : सिरहा प्रहरीले दुई राउन्ड गोली चलाएर भारतीय सीमा क्षेत्रबाट ठूलो परिमाणको ब्राउनसुगर नामक लागूऔषधसहित दुई जना भारतीय कारोबारीलाई पक्राउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका-२० लगडीगोठ गाउँबाट दुई जना भारतीय लागूऔषधसहित कारोबारी समातिएको हो। पक्राउ पर्नेमा भारत पदमा ग्रामपञ्चायत-२ बस्ने छोटु भनिने २८ वर्षीय रंजित कुमार पासमान र सोही ठाउँका एक नाबालक रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६० मिलिग्राम र प्लास्टिकबाहेक ९२ ग्राम ६ मिलिग्राम बरामद गरेको छ। जिल्ला प्रहरी सिरहा, इलाका प्रहरी महेशपुरपतार र लागूऔषध ब्यूरो गोलबजार शाखाबाट संयुक्त रूपमा टोली परिचालन गरेर उनीहरूलाई पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
२