हाम्रा प्रधानमन्त्री 'अलग लेबलका बन्दा है' : सीके राउत
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ‘अलग लेबलका मान्छे’ भएको बताएका छन्। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले बालेनको सोच र कार्यशैलीको प्रशंसा गरेका हुन्।
सम्बोधनका क्रममा राउतले बालेन समस्याभन्दा माथि उठेर सोच्ने नेता भएको उल्लेख गरे। 'हाम्रो प्रधानमन्त्री अलग लेबलका बन्दा है। उहाँ समस्याभन्दा माथि उठेर सोच्नुहुन्छ। उहाँ ड्यासिङ र गुड लुकिङ हुनुहुन्छ,' उनले भने। अध्यक्ष राउतले प्रधानमन्त्री शाहलाई जनतालाई हृदयमा राखेर काम गर्न सुझाव दिए।
संसदीय राजनीतिबाट संन्यास लिइसकेको उल्लेख गर्दै राउतले आफूलाई महाधिवेशनमा निमन्त्रणा गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए। उनले रास्वपासँग प्रतिस्पर्धाको सम्बन्ध नभई सहकार्यको सम्बन्ध रहेको बताए।
'म तपाईंहरूको प्रतिस्पर्धी होइन, म तपाईंहरूको सहयात्री हुँ। म सहयात्री बनेर चितवन आइपुगेको छु,' अध्यक्ष राउतले भने।
प्रतिक्रिया दिनुहोस !