बाबुरामको प्रश्न : सारा जीवन मर्न हिंडेको मान्छे, यो उमेर के ललिपप खानु ?
चितवन : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी रास्वपा रहेको टिप्पणी गरेका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
भट्टराईले आफूलाई रास्वपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीप्रति गुनासो गरेका छन् । उनले भने, ‘हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ। यसले के पाउन लाग्यो, रास्वपाले के ललिपप देखाइ दियो भनिरहेको सुन्छु । म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त ? सबै थोक प्राप्त गरेको छु । तपाईहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, के ललिपप खाने ?’
आफू ललिपप होइन सबैलाई सुशासन र समृद्धिको फल प्राप्त होस भनेर हिँडेको उनले बताए । ‘म र मभन्दा अगाडिको पुस्ताले योगदान ग¥यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीतिक हो । त्यसको अगुवा शक्तिका रूपमा रास्वपा आएकोमा बधाई छ,’ भट्टराईले भने ।
प्रतिक्रिया दिनुहोस !