देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले व्यक्तिगत वैमनस्यतालाई त्यागेर खुला र ठूलो छाती बोकेर राजनीतिमा अगाडि बढ्नु पर्ने बताएका छन् ।
उनले आज इतिहासले रास्वपालाई देशकै ठूलो पार्टी बनाएको बताउँदै सभापति लामिछानेले रास्वपाको यो जनमतलाई प्रतिशोध साँध्ने हतियार कहिले नबनाउने बताएका छन् । सभापति लामिछानेले विभिन्न कालखण्डमा भएका बलिदानीका कारण आज रास्वपा सबै भन्दा अग्लो देखिएको पनि बताएका छन् । उनले विगतमा आफूहरुले पटक–पटक भन्दा पनि नसुनिएका कारण फरक–फक पृष्ठभूमिका मानिसहरु आज राजनीतिमा आउनु पर्ने वाध्यता बनेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !