फ्रान्स पुगे प्रधानमन्त्री मोदी : जी–७ बैठकदेखि ट्रम्पसँग भेटसम्म, एजेन्डामा के–के ?

फ्रान्स पुगे प्रधानमन्त्री मोदी : जी–७ बैठकदेखि ट्रम्पसँग भेटसम्म, एजेन्डामा के–के ?
सुन्नुहोस्

भारत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी–७ शिखर सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका छन् । करिब ६ दिने विदेश भ्रमणमा रहेका मोदी आइतबार निस पुगेका हुन् । त्यहाँ उनले भारत इनोभेट्स २०२६ को उदघाटन गर्ने तथा विभिन्न सम्मेलन र उच्चस्तरीय भेटघाटमा सहभागी हुने कार्यक्रम छ ।

फ्रान्स पुगेपछि सामाजिक सञ्जाल एक्समार्फत मोदीले निस, एभियन र पेरिसमा हुने कार्यक्रमहरूमा सहभागी हुने जानकारी दिँदै यस भ्रमणले भारत र उसका प्रमुख विकास साझेदारबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत गर्ने बताएका छन् । फ्रान्समा भारतीय समुदायले उनको भव्य स्वागत गरेको बताइएको छ ।

भारत इनोभेट्स २०२६ को उद्घाटन

प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोसँग संयुक्त रूपमा भारत इनोभेट्स २०२६ कार्यक्रमको उद्घाटन गर्नेछन् । सम्मेलनमा १२० भारतीय नवप्रवर्तक (इनोभेटर), ५०० भन्दा बढी लगानीकर्ता, विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा करिब १५ उच्च शिक्षा संस्थाको सहभागिता रहनेछ । यो कार्यक्रममार्फत विश्वभरका लगानीकर्तासामु भारतीय स्टार्टअपहरूलाई प्रस्तुत गरिनेछ । कार्यक्रममा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल पनि सहभागी हुनेछन् ।

म्याक्रोंसँग द्विपक्षीय वार्ता
भारत इनोभेट्स कार्यक्रमअघि मोदी र म्याक्रोंबीच द्विपक्षीय भेटवार्ता हुनेछ । दुवै नेताले भारत–फ्रान्सबीचको ‘विशेष विश्वव्यापी रणनीतिक साझेदारी’लाई अझ मजबुत बनाउने विषयमा छलफल गर्नेछन् । ऊर्जा, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन तथा सुरक्षा सहकार्यका विषय पनि छलफलमा रहने अपेक्षा गरिएको छ ।

जी–७ शिखर सम्मेलनमा सहभागिता
फ्रान्सको एभियनमा हुने जी–७ शिखर सम्मेलनमा मोदी सहभागी हुनेछन् । भारतलाई विगत केही वर्षदेखि लगातार जी–७ सम्मेलनमा आमन्त्रित गरिँदै आएको छ । यस पटक भारतसँगै ब्राजिल, इजिप्ट, केन्या र दक्षिण कोरिया पनि सहभागी हुनेछन् ।

ट्रम्पसँग सम्भावित भेट
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब १६ महिनापछि द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ । अमेरिकी अधिकारीहरूले यसको संकेत दिएका भए पनि भारतको विदेश मन्त्रालयले औपचारिक पुष्टि गरेको छैन ।

हालै ओमान नजिक अमेरिकी मिसाइल आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको सन्दर्भमा यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।

वीभा टेक कार्यक्रममा सहभागिता
जुन १८ मा मोदीले पेरिसमा म्याक्रोंसँगै वीभा टेक कार्यक्रममा सहभागिता जनाउने छन् । यो युरोपकै सबैभन्दा ठूलो प्रविधि तथा स्टार्टअप सम्मेलन मानिन्छ । कार्यक्रममा विश्वभरका अग्रणी स्टार्टअप र प्रविधि कम्पनीहरूको सहभागिता रहनेछ । त्यसपछि मोदीले फ्रान्सस्थित भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्ने सम्भावना छ ।

स्लोभाकिया भ्रमण
फ्रान्स भ्रमणपछि मोदी स्लोभाविकया जानेछन् । सन् १९९३ मा स्वतन्त्र राष्ट्र बनेको स्लोभाकियाको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन्। यो भ्रमणले भारत–स्लोभाकिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.