इरानी पूर्व सर्वोच्च नेता अली खामेनीको कहिले हुँदैछ अन्त्येष्टि ?
इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ मा तेहरानमा सुरु हुनेछ।
समाचार एजेन्सी इरनाका अनुसार बिदाई समारोह जुलाई ४ देखि ५ सम्म तेहरानको इमाम खोमेनी ग्रान्ड मोसल्लामा आयोजना हुनेछ।
बीबीसीका अनुसार आयोजक समितिले जुलाई ६ मा तेहरानमा अन्त्येष्टिपूर्व जुलुस आयोजना गरिने र त्यसपछि जुलाई ७ मा पवित्र शहर कोममा अर्को जुलुस निकालिने बताएको छ।
उनको पार्थिव शरीरलाई जुलाई ९ मा उत्तरपूर्वी शहर मशहदमा गाडिनेछ। यस वर्षको फेब्रुअरीमा अमेरिकी र इजरायली आक्रमणमा अली खामेनी मारिएका थिए। उनले ३ दशकसम्म इरानको सर्वोच्च नेताका रूपमा सेवा गरे। उनका छोरा मोज्तबा खामेनी सर्वोच्च नेताको रूपमा उनको उत्तराधिकारी बने।
प्रतिक्रिया दिनुहोस !