सानो देश, ठूलो लक्ष्य

सानो देश, ठूलो लक्ष्य

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्‍याएपछि चार नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने अवसर पाएका छन्।

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्‍याएपछि यसपटक चार नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने अवसर पाएका छन्।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको २३औं संस्करणको विश्वकपमार्फत ‘डेब्यु’ जनाएका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन।  विश्वकपको ९६ वर्ष र २२ संस्करणको इतिहासमा अहिलेसम्म ८० देशले यो प्रतियोगिता खेलिसकेका छन्। यसपालिबाट यी चार टिम थपिएसँगै त्यो संख्या ८४ पुगेको छ।

केप भेर्डे

सहारा मरुभूमिभन्दा दक्षिणी भागमा लगभग साढे दुई लाख जनसंख्या र चार हजार वर्गकिलोमिटर क्षेत्रफल रहेका ससाना टापुको एउटा सानो देश हो, केप भेर्डे। विश्व फुटबलकै सबैभन्दा ठूलो फिफा विश्वकपलाई छानिनु केप भेर्डेका लागि आफैंमा ठूलो उपलब्धि हो।

सन् १९७५ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको केप भेर्डेले त्यसको तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको यात्रा सुरु गरेको थियो। फुटबलको निकै समृद्ध संस्कार भएको अफ्रिकी देशका नाताले केप भेर्डेसँग अन्तर्राष्ट्रिय स्तरमा प्रभाव छाड्ने क्षमता भने सधैं थियो। बुबिस्टा उपनामले परिचित प्रशिक्षक पेड्रो लेइटाओ ब्रिटोको नेतृत्वले पछिल्लो समय त्यहाँको फुटबल संस्कारलाई सही आकार दिँदा यो सानो देशले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक उपस्थिति जनाउन सफल भएको हो। छनोट चरणमा एकरूपको प्रदर्शन र हार नखाने मानसिकता प्रस्तुत गरेर यो सानो अफ्रिकी देशले उत्तर अमेरिकाको टिकट काट्न सफल भएको थियो।

४६ वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबलको मञ्चमा आफूलाई प्रस्तुत गर्दै आएको केप भेर्डेले यसअघि पनि फिफा विश्वकपमा छनोटको प्रयास गरेको थियो। तर, सफल भएको भने यसपालि पहिलो पटक हो। चार वर्षअघि कतार विश्वकपका लागि पनि केप भेर्डेले अन्तिम समयसम्म छनोट प्रतियोगितामा प्रयास गरेको थियो। अफ्रिकी फुटबलको महारथी नाइजेरियासँग समूह चरणको अन्तिम खेलमा १–१ को बराबरीमा सीमित भएपछि टोलीको पहिलो विश्वकप खेल्ने लक्ष्य कम्तीमा चार वर्षका लागि पछि धकेलिएको थियो।

घरेलु मैदानमा निकै उत्कृष्ट फर्मलाई कायम राख्ने क्रममा केप भेर्डेले घरमा खेलेका सबै पाँच खेलमा जित हासिल गरेको थियो। केप भेर्डे पहिलो पटक विश्वकपलाई छनोट हुनुमा घरेलु मैदानमा खेलेका तिनै खेलको भूमिका सबैभन्दा बढी थियो। एकै गोल नखाई पाँच खेलमा सबै जित हासिल गर्दै विश्वकपलाई छनोट भयो। 

त्यतिबेला निकै मेहनत गर्दा पनि आफ्नो देशलाई कतारमा उपस्थित गराउन असफल रहेका कप्तान रायन मेन्डेस, गोलरक्षक भेजिन्हा र रक्षक लोबर्टो लोपेजजस्ता खेलाडीको समूहले यसपालि भने पूरा देशले लामो समयदेखि गरेको प्रतीक्षामा पूर्णविराम लगाइछाडे। बुबिस्टा केप भेर्डेका पूर्वराष्ट्रिय खेलाडी हुन्। उनले खेलाडीका रूपमा स्पेन, पोर्चुगल र अँगोलाका क्लबहरूबाट व्यावसायिक फुटबल खेले। सन् २०२० देखि केप भेर्डेको मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी लिएका बुबिस्टाले भेजिन्हा, मेन्डेस, लोपेज र स्ट्राइकर डेलोन लिभ्रामेन्टोजस्ता खेलाडीको समूहलाई विश्वस्तरमा प्रतिस्पर्धाका लागि सक्षम बनाए। त्यसैको परिणामस्वरूप टोली अहिले विश्वकपमा छ।

घरेलु मैदानमा निकै उत्कृष्ट फर्मलाई कायम राख्ने क्रममा केप भेर्डेले घरमा खेलेका सबै पाँच खेलमा जित हासिल गरेको थियो। त्यसक्रममा टोलीले एउटा गोल पनि खाएको थिएन। केप भेर्डे पहिलो पटक विश्वकपलाई छनोट हुनुमा घरेलु मैदानमा खेलेका तिनै खेलको भूमिका सबैभन्दा बढी थियो। त्यही कारण एकै गोल नखाई पाँच खेलमा सबै जित हासिल गर्दै विश्वकपलाई छनोट भयो। विश्वकप छनोट प्रतियोगितामा केप भेर्डेले आफ्नो समूहमा क्यामरुनजस्तो महारथी र अँगोलाजस्तो बलियो टिमलाई पछि पारेको थियो।

केप भेर्डे विजेताका रूपमा अगाडि बढ्दा ४ अंकले पछि परेको क्यामरुन समूहको उपविजेतामा सीमित भएको थियो। जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपमा पहिलो पाइला राख्ने केप भेर्डेले समूह ‘एच’को दोस्रो खेल उरुग्वेसँग जुन २२ मा तथा अन्तिम खेल जुन २७ मा साउदी अरेबियासँग खेल्नेछ।

उज्वेकिस्तान
पूर्वसोभियत संघबाट स्वतन्त्र भएको ३६ वर्षमा सात पटकको प्रयासपछि उज्वेकिस्तानले फिफा विश्वकप खेल्ने गन्तव्य भेटेको हो। विश्वकप २०२६ मा सहभागी हुने ४८ मध्ये चार नयाँ टिममा उज्वेकिस्तान पनि एक हो। पछिल्ला संस्करणमा राम्रो प्रदर्शनका बाबजुद भाग्यबाट ठगिँदै आएको उज्वेकिस्तानलाई विश्वकप खेल्ने सपना पूरा गर्न यसपालि प्रतियोगिताको आकार ३२ बाट बढाएर ४८ पुर्‍याउने फिफाको निर्णयले पनि फाइदा पुग्यो।
तथापि टोलीले आफ्नो सपना साकार पार्न एसियाली छनोटको दोस्रो र तेस्रो चरणमा एकरूपको उच्च प्रदर्शन गरेको थियो।

दोस्रो चरणमा इरान, तुर्कमेनिस्तान र हङकङ रहेको समूहमा ६ खेलमा ४ जित हासिल गर्दै गोलअन्तरमा मात्र इरानभन्दा पछाडि रहेर उपविजेताका रूपमा उज्वेकिस्तान तेस्रो चरणका लागि छानिएको थियो। तेस्रो चरणमा पनि मध्य एसियाली टोलीले सो लक्ष्यलाई कायमै राखेको थियो। समूह ‘ए’ बाट १० खेलमा ६ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै उपविजेता भएर टोली सोझै विश्वकपलाई छानिएको थियो। टोलीले भोगेको एकमात्र हार कतारविरुद्ध थियो। संयुक्त अरब इमिरेट्स (यूएई)सँग अबुधाबीमा खेलेको बराबरीले टोलीको उत्तर अमेरिकाको टिकट पक्का भएको थियो।

तेस्रो चरणमा पनि उज्वेकिस्तान उपविजेता हुँदा समूहबाट इरान विजेता बनेको थियो। तेस्रो चरणमा उज्वेकिस्तान रहेको समूहमा यूएई, कतार, किर्गिस्तान र उत्तर कोरिया पनि थिए। यसअघि अवे गोल पद्धतिमा बहराइनसँग पराजित हुँदा विश्वकप २००६ को एसियाली छनोटको पाँचौं चरणमा टोली निराश बन्नु परेको थियो। त्यो खेल उज्वेकिस्तानका लागि यसकारण पनि थप पीडादायी थियो कि टोलीले जितिसकेको खेल रेफ्रीको गल्तीका कारण पुनः खेलाइँदा मध्य एसियाली देश निराश बन्नुपरेको थियो। त्यसको आठ वर्षपछि फेरि उज्वेकिस्तान एसियाली छनोटको पाँचौं चरणमा त्यसैगरी निराश बन्नु परेको थियो। जोर्डनविरुद्ध दुवै लेगको खेलमा बराबरी नतिजा भएपछि पेनाल्टी सुटआउटमा पराजित हुँदा टोली अन्तरमहादेशीय प्लेअफलाई छानिनबाट बञ्चित भएको थियो।

तर पहिलो ९ प्रयास असफल भए पनि यसपाली विश्वकपलाई छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सेर्भर डिजापारोभ, ओडिल अहमेडोभ र इग्नाटी नेस्टेरोभजस्ता खेलाडीको समूहले उत्तर अमेरिकामा पनि उज्वेक टिमका लागि स्मरणीय प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। फिफाको विश्व वरीयताको ५०औं स्थानमा रहेको उज्वेकिस्तानका मुख्य प्रशिक्षक सन् २००६ मा इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारो हुन्। उज्वेकिस्तानको पहिलो विश्वकप यात्रा समूह ‘के’मा जुन १८ मा कोलम्बियाविरुद्धको खेलसँग सुरु हुनेछ। टोलीले समूहको दोस्रो खेलमा जुन २३ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र अन्तिम खेलमा जुन २८ मा कंगोसँग प्रतिस्पर्धा गर्नेछ।

कुराकाओ
विश्वकप २०२६ मा सहभागिता जनाउने तयारीमा रहेका ४८ देशमध्ये कुराकाओ जनसंख्या र क्षेत्रफल दुवै हिसावले सबैभन्दा सानो राष्ट्र हो। १ लाख ५० हजार जनसंख्या तथा २७६ वर्गकिलोमिटर क्षेत्रफल भएको देश विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई छानिनु आफैंमा ठूलो उपलब्धि र सफलता पनि हो। कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा किङस्टनमा जमैकासँग गोलरहित बराबरी नतिजा निकालेपछि कुराकाओले समूह ‘बी’को शीर्ष स्थानमा रहँदै फिफा विश्वकपको टिकट पक्का गरेको थियो। 

नेदरल्यान्ड्सको पूर्वउपनिवेश भएको नाताले कुराकाओको टोलीमा धेरैजसो डच मूलका खेलाडीको बाहुल्य छ। नेदरल्यान्ड्समा जन्मेहुर्केका वा त्यहाँबाटै फुटबल करियर अघि बढाएका खेलाडीको बाहुल्य रहेको कुराकाओ सन् २०११ मा मात्र नेदरल्यान्ड्सबाट स्वतन्त्र भएको थियो। फिफा वरीयताको ८२औं स्थानमा रहेको कुराकाओका प्रशिक्षक पनि नेदरल्यान्ड्सकै डिक एड्भोकेट हुन्। कन्काकाफ छनोटको तेस्रो चरणमा जमैका, ट्रिनिडाड एन्ड टोबागो र बर्मुडा रहेको समूहका ६ मध्ये ३ खेलमा जित र ३ बराबरी नतिजा निकाल्दै कुराकाओ शीर्ष स्थानमा रहेर विश्वकपलाई छानिएको थियो।

३ जित, २ बराबरी र १ हार भोगेको जमैका अन्तरमहादेशीय प्लेअफमा धकेलिएको थियो। कुराकाओले पहिलो पटक सन् २०१४ को विश्वकपका लागि छनोट प्रतियोगिता खेलेको थियो। समूह ‘ई’मा परेको कुराकाओले विश्वकपको पहिलो खेल जर्मनीसँग जुन १४ मा खेल्नेछ। टोलीको दोस्रो खेल इक्वेडरविरुद्ध जुन २१ तथा तेस्रो खेल आइभोरी कोस्टसँग जुन २६ मा छ।

जोर्डन 
सन् १९८६ को विश्वकपदेखि नियमित रूपमा छनोट प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि मध्यपूर्वको देश जोर्डनले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने सौभाग्य यसअघि कहिल्यै पाउन सकेन। गत वर्ष जुन ५ मा ओमानमाथि ३–० को जित हासिल गरेपछि भने टोलीले पहिलो पटक विश्वकप खेल्ने सपना पूरा गरेको थियो।

विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा समूह ‘जी’ मा साउदी अरेबिया, ताजकिस्तान र पाकिस्तानलाई पछि पार्दै विजेताका रूपमा अगाडि बढेको टोलीले तेस्रो चरणमा पनि त्यही लय कायम राख्न सफल भएको थियो। तेस्रो चरणको समूह ‘बी’ मा परेको टोली उपविजेता बन्दै सोझै विश्वकपलाई छानिएको थियो। दक्षिण कोरिया १० खेलमा ६ जित र ४ बराबरी नतिजासहित विजेता बनेको समूहमा जोर्डनले ४ जित, ४ बराबरी र २ हारको नतिजा निकालेको थियो।

त्यही समूहमा तेस्रो भएको इराकले पाँचौं चरणमा यूएईलाई दुई लेगको प्रतिस्पर्धामा ३–२ ले हराउँदै अन्तरमहादेशीय प्लेअफमा बोलिभियालाई निराश पारेर उत्तर अमेरिकाको टिकट काटेको थियो। उक्त समूहमा ओमान, प्यालेस्टाइन र कुवेतको पनि चुनौती थियो। विश्व वरीयताको ६३औं स्थानमा रहेको जोर्डनले समूह ‘जे’मा जुन १ मा अस्ट्रियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ। समूहको दोस्रो खेलमा टोलीले जुन २२ मा ६ अल्जेरिया तथा अन्तिम खेलमा जुन २७ मा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.