दक्षिण कोरियाको अनुभवको अगाडि फिक्का पर्‍यो चेक रिपब्लिक, अग्रता जोगाउन नसक्दा पराजित

दक्षिण कोरियाको अनुभवको अगाडि फिक्का पर्‍यो चेक रिपब्लिक, अग्रता जोगाउन नसक्दा पराजित

काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गतको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा अनुभवी दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेको हो । 

गुआडालाजारा स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै चेक रिपब्लिकले अग्रता बनाएको थियो । उक्त अग्रता जोगाउन नसक्दा २ गोलसहित हार बेहोरेको हो । खेलको ३८ औं मिनेटमा सन ७ नम्बरले हानेको प्रहार क्रस बार माथिबाट बाहिरियो । 

खेलको ३९ औं मिनेटमा सनले २ डिफेन्डरलाई बिट गर्दै हानेको प्रहार पहिलो बार हुँदै बाहिरियो । लगातार प्रयास गरे पनि कोरियाको सटले पोष्टको जाली चुम्न सकेको छैन । खेलको ४२ औं मिनेटमा चेकियाले डि बक्स बाहिर राम्रो स्थानमा फ्रि किकको सदुपयोग भने हुन सकेन । कोरियाले त्यसलाई डिफेन्ड गर्‍यो । 

पहिलो हाफमा गोल निकाल्न नसके पनि कोरिया निकै राम्रो सटहरु प्रहार गरेको थियो चेक रिपब्लिकको तर्फबाट क्लियर सटहरु देखिएन । दोस्रो हाफमा पनि कोरिया खेलमा हाबी रह्यो। खेलको ४९ औं मिनेटमो कोरियाले निकै राम्रो मौका गुमायो । लि जे सङले फिनिस गर्न सकेनन् । 
खेलको ५९औं मिनेटमा चेक रिपब्लिकले गोल गरेको छ ।

null

चेक रिपब्लिका कप्तान लादिस्लाभ क्रेजीले गोल चेक रिपब्लिकलाई अग्रतामा ल्याएका थिए । २० वर्षपछि विश्वकप खेलिरहेको चेक रिपब्लिकको लागि यो निकै राम्रो संकेत थियो । तर चेक रिपब्लिकले उक्त अग्रता जोगाउन सकेन । खेलको ६७ औं मिनेटमा दक्षिण कोरियाले आफ्नो विश्वकपको अनुभव देखायो । दक्षिण कोरियाको लागि ह्वाङ इन बेओमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

खेलको ७८ औं मिनेटमा चेक रिपब्लिक खेल फर्कन चाहन्थ्यो । सेट पिसमा आएको बललाई हेडरमार्फत गोलमा परिणत गर्न खोज्दा भिडियो रेफ्रिले गोल अस्विकार गरेका हुन् । गोल अफसाइड घोषित भयो ।  त्यसको फाइदा उठाउँदै कोरियाले ८० औं मिनेटमा दक्षिण कोरियाको लागि ओ ह्योन ग्युले गोल गर्दै कोरियालाई २–१ को स्थितिमा ल्याएका थिए ।  

नियमित खेलमा थप गरिएको ६ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा दक्षिण कोरियाका गोलकिपरले उत्कृष्ट बचाव गर्दै टिमको जित सुनिश्चित गरेका हुन् । यो खेलमा इन्जुरी समयमा १ मात्र पहेंलो कार्डको प्रयोग भयो । इन्जुरी समयमा चेक रिपब्लिकका खेलाडीलाई फाउल गर्दा दक्षिण कोरियाका खेलाडी ली गि ह्युकले पहेंलो कार्ड पाएका थिए ।

२० वर्षपछि विश्वकप खेलिरहेको चेक रिपब्लिक ११ औैं विश्वकप खेलिरहेको दक्षिण कोरियासँग हार बेहोर्‍यो ।  आज भएको पहिलो खेलमा म्याक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो । यो खेलमा भने ३ वटा रातो कार्ड प्रयोग भएको थियो । दक्षिण अफ्रिकाका २ खेलाडीले रातो कार्ड पाउँदा सहआयोजक मेक्सिकोका १ खेलाडीले रातो कार्ड व्यहोरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.