काठमाडौं : फिफा विश्वकप २०२६ को समूह डी अन्तर्गको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएको छ। लस एन्जल्स स्टेडियममा भएको खेलमा अमेरिकाले पहिलो हाफमा ३–० को अग्रता बनाएको अमेरिकाले दोस्रो हाफमा १ गोल बेहोर्दै खेलको अन्तिम सेकेन्डमा १ गोल थप्दै पाराग्वेमाथि ४–१ को जित दर्ता गरेको हो।
खेलको सातौं मिनेटमा पाराग्वेले आत्मघाती गोल बेहोर्यो। अमेरिकाले यहि गोलबाट खेलमा अग्रता बनाएको हो। अमेरिकाले बनाएको सुरुवाती दबावमा पाराग्वेका डामनि बोबाडिलाले आफ्नै पोष्टमा गोल गरे।
खेलको २८ औं मिनेटमा अमेरिकाको लागि निकै राम्रो मौका बनेको थियो। तर त्यो भने पाराग्वेले डिफेन्ड गर्न सफल भयो। तर त्यसको चौथो मिनेटमा खेलको ३१ औं मिनेटमा अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनले उत्कृष्ट फिनिस गरे।
पहिलो हाफ नितान्त अमेरिकी फुटबलको दबदबा कायम रह्यो। अमेरिकी खेलाडीको गति पाराग्वेले पछ्याउन सकिरहेको थिएन। खेलको पहिलो हाफमा ५ मिनेटको इन्जुरी समय थप गरिएको थियो । जसमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई पहिलो हाफमा ३–० को अग्रतामा ल्याएका थिए।
दोस्रो हाफको सुरुवातमा पाराग्वे केही आक्रमक गर्न चाहन्थ्यो। खेलको ४९ औं मिनेटमा पाराग्वेले प्रयास पनि गर्यो तर सफल भने रहेन।
पहिलो हाफमा भन्दा केही सुधारिएको खेल खेलेको पाराग्वेले ७३ औं मिनेटमा गोल फर्कायो। पाराग्वेको लागि दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान छिरेका माउरिसिओ मागाल्हासले उत्कृष्ट फिनिस गरेका हुन् । खेलको थप गरिएको पहिलो मिनेटमा अमेरिकाले निकै राम्रो मौका सदुपयोग गर्न सकेन।
थप गरिएको समयको अन्तिम सेकेन्डमा अमेरिकाले चौथो गोल गर्यो। जियोभानी रेनाले अन्तिम केही सेकेन्ड बाँकी रहँदा अमेरिकाको लागि चौथो गोल गरे।
फिफा विश्वकपमा अमेरिकाले पहिलो पटक ४ गोल गरेको हो।
पाराग्वेले २०१० पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो। आजको पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ बराबरी खेल्दै अंक बाँडेका थिए।
प्रतिक्रिया दिनुहोस !