पेट्रोल पम्पमा अब ‘कोटा प्रणाली’, एक दिनमा बढीमा २०० लिटर मात्र पाइने

पेट्रोल पम्पमा अब ‘कोटा प्रणाली’, एक दिनमा बढीमा २०० लिटर मात्र पाइने
सुन्नुहोस्

भारत : भारत सरकारले इन्धनसम्बन्धी नयाँ आदेश जारी गरेको छ । नयाँ नियमअनुसार थोक रूपमा इन्धन खरिद गर्ने ग्राहकहरूले अब खुद्रा (रिटेल) पेट्रोल पम्पबाट पेट्रोल वा डिजेल किन्न पाउने छैनन् । साथै, एउटा सवारीसाधनले एक दिनमा अधिकतम २०० लिटर डिजेल मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

तेल कम्पनीहरूलाई भइरहेको घाटालाई ध्यानमा राख्दै केन्द्र सरकारले यो निर्णय गरेको हो । इरान–अमेरिका समझदारीको खबरपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटेर प्रतिव्यारेल ८६ डलरसम्म पुगेको छ । यसअघि भने मूल्य १०० डलर प्रतिव्यारेलभन्दा माथि पुगेको थियो।

कसले अब खुद्रा पेट्रोल पम्पबाट पेट्रोल–डिजेल किन्न पाउने छैनन् ?

११ जुनमा सरकारले आवश्यक वस्तु ऐन अन्तर्गत औद्योगिक तथा व्यावसायिक ग्राहकहरूलाई खुद्रा पेट्रोल पम्पबाट इन्धन खरिद गर्न रोक लगाएको छ । यस्ता ग्राहकहरूलाई आफ्नो आवश्यकताका लागि उपभोक्ता (कन्ज्युमर) पम्पबाट इन्धन खरिद गर्न निर्देशन दिइएको छ । यो सूचीमा राज्य सरकारका यातायात विभाग, आईटी पार्क, सपिङ मल, औद्योगिक प्रतिष्ठानलगायतका संस्थाहरू समावेश छन् ।

किन लिइयो यस्तो निर्णय ?
नयाँ सूचनामा विशेषगरी डिजेल बिक्रीमा कडाइ गरिएको छ । यो आदेश अधिकतम ९० दिनसम्म लागू रहने छ । अधिकारीहरूका अनुसार वास्तविक उपभोक्तासम्म इन्धन पुग्ने सुनिश्चित गर्न यो कदम चालिएको हो । साथै, खुद्रा मूल्य र बल्क इन्धनको मूल्यबीचको ठूलो अन्तरका कारण हुने इन्धनको दुरुपयोग (अटो फ्युल डाइभर्सन) रोक्न पनि यो निर्णय गरिएको हो । दिल्लीमा हाल डिजेलको खुद्रा मूल्य प्रतिलिटर ९५.२० रुपैयाँ रहेको छ भने बल्क मूल्य प्रतिलिटर १३४.५० रुपैयाँ छ ।

कच्चा तेलको मूल्यमा गिरावट
भारतले आफ्नो कुल आवश्यकताको करिब ८८ प्रतिशत कच्चा तेल विदेशबाट आयात गर्छ । युद्धका कारण तेलको मूल्य बढ्दा भारतको आयात खर्च पनि उल्लेख्य रूपमा बढेको थियो । इरान–अमेरिका तनावअघि कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ७० डलर थियो । एक समय यो मूल्य ११० डलर प्रतिव्यारेलसम्म पुगेको थियो ।

तर पछिल्लो समय पुनः मूल्य घट्दै गएको छ र बुधबार कच्चा तेलको मूल्य प्रतिव्यारेल ८६ डलरमा झरेको थियो । यस महिनामा तेल कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेका छैनन् । यसअघि मे महिनामा चार पटक मूल्य बढाइएको थियो, जसका कारण पेट्रोल र डिजेलको मूल्य करिब ७.५ रुपैयाँ प्रतिलिटरले महँगिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.