चितवन राइनोजले गर्यो मार्की खेलाडी कुशलसहित सात खेलाडी ‘रिटेन’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले मार्की खेलाडी कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको छ । शुक्रबार चितवन राइनोजले आफ्नो अफिसियल फेसबुक पेजबाट ७ जना खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो ।
चितवन राइनोजले कुशल मल्लसहित दीपक बोहरा, देव खनाल, रिजन ढकाल, कमलसिंह ऐरी, रन्जित कुमार र अर्जुन साउदलाई रिटेन गरेको हो ।
त्यस्तै, चितवनले तेस्रो सिजनका लागि ५ जना खेलाडी भने रिलिज गरेको छ । जसमा बिपिन आचार्य, सौगात ढकाल, गौतम केसी, अमरसिंह रौतेला, बिपिन रावललाई भने रिलिज गरेको छ । एउटा टिमले तेस्रो सिजनका लागि मार्की खेलाडीसहित सात जनासम्म खेलाडी रिटेन गर्न मिल्ने नियम रहेको छ।
सोही अनुसार चितवनले सात जना खेलाडी रिटेन गरेको हो । यसअघि बिहीबार जनकपुर वल्र्डले रिटेन खेलाडीको नामावली सार्वजनिक गरेको थियो । जसमा जनकपुरले पाँच जना खेलाडी मात्रै रिटर्न गरेको थियो । जनकपुरले मार्की खेलाडी आशिष सेखसहित ८ जना खेलाडीलाई रिलिज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !