मागेकै मन्त्रालय पाएका महावीर पुन

मागेकै मन्त्रालय पाएका महावीर पुन
सुन्नुहोस्

काठमाडौं : स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका महावीर पुन पनि दोस्रोपटक मन्त्री बनेका छन्। जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए। तर, निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले पदबाट राजीनामा दिएका थिए। 

विगतदेखि नै विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्टै बनाउनुपर्ने माग राख्दै आएका पुनको चाहनाअनुसार नै सरकारले मन्त्रालयहरूको कार्यविभाजन हेरफेर गरी १८ वटा मन्त्रालय कायम गर्दा नयाँ विज्ञान तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो। उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ। राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरिरहेका पुन पछिल्लो समय आफ्नो आत्मकथा बिक्री गर्दै देश दौडाहामा निस्किएर चर्चामा रहेका थिए। मन्त्री पुनले पदभार ग्रहण गर्दै आफू पूरा समय पदमा नबस्ने घोषणा गरेका छन्।

उनले भने, ‘द्रूत गतिमा रात दिन काम गर्ने हो। रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो। मन्त्री भएर खाने हो। त्यसपछि म गर्दिनँ। जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो।’ सरकारको कार्यकाल ५ वर्षको भए पनि आफू छिटोछिटो काम गरेर जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.