मकवानपुरमा सुमो र बोलेराे ठोक्किँदा १४ घाइते, चार जनाको अवस्था गम्भीर
हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडक खण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
शनिबार दिउँसो हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र बिपरित दिशातर्फबाट आउँदै गरेको बिएए ९७६८ नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । जिल्ला प्रहरीले कार्यालय मकवानपुरका अनुसार बोलेरो गाडीमा चालकसहित सवार र सुमोमा सवार गरी १४ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ ।
यस्तै घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर देखिएको र १० जना मध्यम रहेको बताइएको छ । प्रहरीले सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बस्ने अन्दाजी ४५ वर्षीय मनोज श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस !