वीरगन्जमा रास्वपाका कार्यकर्ताहरूबीच हानाहान भएपछि निर्वाचन प्रक्रिया स्थगित

वीरगन्जमा रास्वपाका कार्यकर्ताहरूबीच हानाहान भएपछि निर्वाचन प्रक्रिया स्थगित

वीरगन्ज : वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको विवादलाई लिएर रास्वपाका कार्यकर्ताबहरू बीच हानाहान भएको छ। 

आइतबारको जिल्ला अधिवेशनका लागि वीरगन्ज–९ स्थित होटल गेट वे वीरगन्जमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई पक्षबीच विवाद भई आपसमै हानाहान भएको हो। जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनको विषयमा विवाद भई दुई पक्षबीच हानाहान भएको हो। त्यसक्रममा महादेव प्रसाद कुर्मी, गौतम श्रेष्ठ  सहित तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शनिबार दिउँसो पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगितको माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य  राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए। 

जिल्ला अधिवेशनका लागि जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागका प्रतिनिधि चयनका क्रममा जिल्ला  सभापति पन्त पक्षले एकलौटी गरेको आरोप लगाउँदै पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितकाले ज्ञापनपत्र बुझाएका हुन्। 

जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनका क्रममा जिल्ला सभापति तथा सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धति मिचर आफू निकटका व्याक्तिहरूलाई प्रतिनिधि बनाएको आरोप उनीहरूको थियो।त्यहिकारण  आइतबार हुने जिल्ला अधिवेशन तत्काल स्थगीत गर्न माग गर्दै निर्वाचन समितिमा उनीहरूले ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र माार्फत उनीहरूले जिल्ला अधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधिहरूको नामावलीमा समावेश विभिन्न विभागका प्रतिनिधिहरूपनि समावेश गरिएकाले विभागहरू कहिले, कुन प्रक्रिया र निर्णयका आधारमा गठन भयो ? प्रतिनिधिहरूको मनोनयन कसरी गरियो ?विभागहरू गठनसम्बन्धी माइन्युट, निर्णय विवरणहरू पार्टीको आधिकारिक पोर्टलमा किन छैन ? यी सब कुरा पारदर्शी रुपमा सार्वजनिक गरेपछि मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने माग उनीहरूले गरेका थिए।

उनीहरूको ज्ञापनपत्र बुझेपछि निर्वाचन समितिले दुई घण्टाका लागि मात्र निर्वाचन प्रक्रिया स्थगित गरेर पुन सुचारु गरेपछि निर्वाचन कार्यालय स्थापना गरिएको होटलमै दुई पक्षबीच विवाद चर्किएको थियो। होटलभित्रबाट आपसामा हानाहान गर्दै सडकमा निस्किएका उनीहरूले एकअर्कामाथि हेलमेटले पनि प्रहार गरेका थिए। लगत्तै घटनास्थलमा पुगेको प्रहरीले अवस्था थप बिग्रन नदिन लाठी चार्ज गरेपछि उनीहरू तितर बितर भएका थिए। 

कार्यकर्ताहरूबीच हानाहान भएपछि निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले जानकारी दिए। उनले शनिबार स्थगित निर्वाचन प्रक्रिया अब आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने बताए। पर्सामा पालिका अधिवेशनकै बेलादेखि सुरु भएको रास्वपाभित्रको दुई गुट बीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् छताछुल्ल भएको हो।

पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन्। उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन्। 

जेठ १७ गते भएको वीरगन्ज महानगरको प्रथम अधिवेशनमा पनि महानगरको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई गुट स्पष्ट रुपमा देखिएको थियो। महानगरको निर्वाचनमा सभापतिमा पन्त निकटका उम्मेदवार महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गर्दै सांसदत्रय कानु, चौरसिया र शाक्य गुटका उम्मेदवार दीपराज पटेल विजयी भएका थिए। 

यता रास्वपा पर्साका सभापति तथा सांसद पन्तले भने जिल्ला अधिवेशनका प्रतिनिधि चयनमा आफूले कुनै हस्तक्षेप नगरेको बताए। पालिका तथा विभागका प्रतिनिधि चयन पार्टीको विधान र निर्देशन अनुसार नै गरिएको दाबी उनले गरे। रास्वपा पर्साको सभापतिका लागि हालसम्म सांसदद्वय पन्त र कानु आकांक्षी देखिएका छन्। पन्त संस्थापक सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् भने कानु पर्सा क्षेत्र नम्बर २ का सांसद हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.