प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षीको आपत्ति

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षीको आपत्ति
सुन्नुहोस्

काठमाडौं : बिपक्षी दलका सांसदहरुले आकस्मिक रुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिएको बिषयमा प्रश्न उठाएका छन् । संसदको नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै बिपक्षी दलका सांसदहरुले आपत्ति जनाएका हुन् । प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक बिषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनपछि बिपक्षी सांसदहरुले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरु समेत आक्रोशित भएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले केहि सांसदहरुको नामै लिएर मर्यादामा बस्ने पटक–पटक निर्देशन दिएका छन् । उनले बिपक्षी सांसदहरुको गतिविधिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए । त्यस्तै बैठकमा बिपक्षी सांसदहरुले प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने जवाफ तथ्यहिन भएको भन्दै जवाफ माग गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.