बादलको आरोप : रास्वपा अति महत्वकांक्षी अराजक जमातको अस्थायी गठजोड
काठमाडौं : नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड मात्र भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै नेता बादलले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको बताए । उनले भने, ‘प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी ग¥यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो ।’
रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापी नभएको समेत बताएका छन् । उनले भने, ‘यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’
प्रतिक्रिया दिनुहोस !