प्यूठानमा हराउँदै टमाटर खेती
प्यूठान : माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी गाउँ कुनै समय टमाटर गाउँले चिनिन्थ्यो । पछिल्लो समय यहाँ टमाटर खेती हराउँदै गएको छ ।
बढ्दो बसाइँसराइ, सिंचाईको अभाव, तराईका उत्पादनसँग बजारमा प्रतिष्पर्धा गर्न नसक्दा यहाँका किसानले टमाटर खेती गर्न छोडेको स्थानीय कृषक केशरा अधिकारीले बताइन् ।
टमाटरबाट जीबिकोपार्जन गर्दै आएका यहाँका किसान बसाइँसराइ गरी दाङ जाने र रोजगारीका लागि बिदेशिने क्रम बढेको छ । दर्जन बढी घरहरुमा ताला लागेको छ ।
उत्पादन बढाउनका लागि बिषादी प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल असर पारेको किसानहरुको बुझाई छ । बिषादी प्रयोगबारे पर्याप्त जानकारी नहुँदा क्यान्सरसम्मको रोगबाट पीडित बन्नु परेको उनीहरुको भनाई छ । यहाँको माटो सुहाउँदो कृषि बाली बारे सरकारी निकायबाट अध्ययन गरँ बाँझो रहेका खेतबारीमा फेरि खेती शुरु गर्नुपर्ने किसान समेत रहेका स्थानीय मनबहादुर राउतले बताए ।
प्रतिक्रिया दिनुहोस !