नयाँ वर्षमा प्यूठानमा खाना महोत्सव हुने

नयाँ वर्षमा प्यूठानमा खाना महोत्सव हुने
तस्बिर : विजयसिंह भारती
सुन्नुहोस्

प्यूठान :  प्यूठानको प्रमुख पर्यटकीय गन्तव्य मल्लरानीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्ष पनि 'खाना महोत्सव' आयोजना हुने भएको छ। प्यूठान उद्योग वाणिज्य संघ, मल्लरानी बजार क्षेत्रले विगतका वर्षहरू झैं यसपटक पनि 'मल्लरानी फुड फेस्टिवल' को चौथो संस्करणलाई निरन्तरता दिन लागेको हो। महोत्सवमा नेवारी, मगर लगायत खानाका परिकारहरुको स्टल रहने छ्न।

null

महोत्सवमा नेवारी, मगर लगायतका स्थानीय समुदायका अर्गानिक खानाका स्टलहरू रहनेछन्। स्थानीय जातका कुखुरा, हाँस, खसीबोका, राँगा, बङ्गुर, बदेल र कालिजका विशेष परिकारहरू उपलब्ध हुनेछन्। त्यस्तै कोदो, मकै, जौ र गहुँबाट बनेका परम्परागत परिकारहरू महोत्सवको मुख्य केन्द्र बन्नेछन्।

स्थानीय लाखे, मारुनी जस्ता कला-संस्कृति र झाँकीहरूको प्रदर्शन गरिनेछ। साथै, लोक नृत्य प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने मूल आयोजक समितिका संयोजक भरतकुमार श्रेष्ठले जानकारी दिए।

null

महोत्सव चैत ३० र वैशाख १ गते प्यूठान जिल्ला सदरमुकाम खलंगाको शिरमा रहेको मनमोहक मल्लरानी डाँडामा सञ्चालन हुनेछ। महोत्सवको पुर्व सन्ध्यामा शुक्रबार सरसफाई गरिएको छ ।  महोत्सवको पूर्व सन्ध्यामा शुक्रबार मल्लरानी क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ। डिभिजन वन कार्यालय, मल्लरानी गाउँपालिका र वडा नं. ४ को संयोजनमा सरसफाइ कार्यक्रम सम्पन्न भएको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.