प्यूठानको दाङवाङमा आगलागी : ९ घर र १३ गोठ जले
प्यूठान : ऐरावती गाउँपालिका-१ छेडाघाटमा आगलागी हुँदा १३ घर र ११ गोठ जलेर नष्ट भएको छ । गएराती भएको आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय लक्षमण रानाको फुसले छाएको गोठबाट शुरु भएको आगो रातभर लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताए ।
क-कसको जल्यो घर-गोठ ?
१) ओम बहादुर रेश्मी मगर
२) इश्वरी राना
३) गुमा रजाली
४) घनबहादुर राना
५) झबिन्द्र रजाली
६) डिला रजाली
७) देवबहादुर रजाली
८) देवान सिंह राना
९) भुपाल रोका
१०) बल बहादुर रजाली
११) विकास राना
१२) रमेश घर्ती
१३) लक्ष्म राना

प्रतिक्रिया दिनुहोस !