कुशल मल्लको उत्कृष्ट ब्याटिङमा आर्मी अपराजित

कुशल मल्लको उत्कृष्ट ब्याटिङमा आर्मी अपराजित
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत कुशल मल्लको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले हराएको छ । यो जितसँगै आर्मी प्रतियोगितामा अविजित रहेको छ । यससँगै आर्मी ४ खेलबाट ३ जित र १ खेलमा अंक बाँड्दै ७ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । 

माथिल्लो मूलपानी मैदानमा मैदानमा भएको ओसका कारण खेल २८ ओभरमा घटाइएको थियो । जसमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २८ ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । बागमतीले दिएको २०९ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २७.५ ओभरमा ७ विकेट गुमाउँदै २१० रनसहति लक्ष्य पूरा गरेको हो । 

अन्तिम ओभरमा १३ रन चाहिएको थिया अन्तिम २ बलमा ५ रन चाहिएको अवस्थामा अन्तिम ओभरको पाँचौं बलमा रिजन ढकाललाई छक्का प्रहार गर्दै खेल आर्मीको पोल्टामा पारेका हुन् । आर्मीको जितमा कुशल मल्लले उत्कृष्ट ९० रनको अविजित पारी खेले। उनले ५८ बलमा ३ चौका ८ छक्का प्रहार गरे। 

ओपनरब्याटर तृतराज दासले ५४ रनको अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुन साउदले १४ र नरेन साउदले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बागमतीका लागि इशान पाण्डे र विवेक मगरले २-२ विकेट लिए । रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट लिए । 

त्यसअघि, ब्याटिङ गरेको बागमतीको लागि ओपनर आशुतोष घिरौयाले सर्वाधिक ३८ रन बनाए । उनले ३६ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर शुभ कंसाकरले १५, पवन थापाले ३५, विवेक मगरले ३० र प्रतिश जिशीले २८ रन बनाए । कप्तान सन्दीप लामीछाने र सोनु देवकोटा क्रमशः ३० र २१ रनमा अविजित रहे । त्रिभुवन आर्मी क्लबका लागि नरेन साउदले ४ विकेट लिए । साहब आलम, दुर्गेश गुप्ता र वसिर अहमदले १–१ विकेट लिए । 

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २२ रनले हराएको थियो । दोस्रो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो । तेस्रो खेल एपीएफसाग वर्षाका कारण रद्द भएको थियो । बागमतीले यसअघिको ३ खेलमा २ हार १ जित दर्ता गरेको थियो । बागमी पहिलो खेलमा एपीएफसँग ७१ रनको हार बेहोरेको थियो । दोस्रो देलमा गण्डकीलाई १७० रनले हराएको थियो । तेस्रो खेलमा नेपाल पुलिस क्लबसँग ७ विकेटको हार बेहोरेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.