दोलखामा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
दोलखा : दोलखाको उत्तरी सिंगटीमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जबरजस्ती करणीको आरोपमा विगु गाउँपालिका–१ गोगर खोला विवासी २२ वर्षीय धनराज तामाङलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
विगु गाउँपालिका–४ सिंगटीस्थित सिंगटी होटल एण्ड लजमा कक्षा–८ मा पढ्दै आएकीे १४ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको सूचनापछि खटिएको प्रहरी टोलीले तामाङलाई होटल परिसरबाटै पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका तामाङलाई दोलखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !