काठमाडौं : ३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्। सन् २००६ मा विश्वकपमा डेब्यू गरेका उनले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको रुपमा मैदानमा उत्रिएका थिए।
यो खेल उनको लागि विश्वकपको २७ औं खेल थियो। अर्जेन्टिर्नी जर्सीमा यो उनको २०० औं अन्तर्राष्ट्रिय खेल हो। उनले खेल मात्रै खेलेनन्। उनले अल्जेरियाविरुद्ध १७ औं मिनेट, ६० औं मिनेटमा गोल गरे। खेलको ७६ औं मिनेटमा तेस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनाको लागि आफ्नो ह्याट्रिक पूरा गरे।
मेस्सीको विश्वकपको पहिलो ह्याट्रिक हो। हालसम्म उनले विश्वकपमा ह्याट्रिक गरेका थिएनन्। यो खेलमा ३ गोल गरेसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जमर्नीका मिरोस्लाभ क्लोजले १६ गोलको रेकर्ड बराबरी गरेका छन्। यो विश्वकपको आगामी खेलमा यो रेकर्ड मेस्सीले तोड्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस !