उदयपुर–२ मा माटोको अग्रता, तारा दोस्रो
उदयपुर : उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाममा श्रम संस्कृति पार्टी माटोका उम्मेदवार वलराज राईले अग्रता लिएका छन् । पहिलो चरणको मतपरिणाम अनुसार राईले २९६ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली कम्युनिष्ट पार्टी ताराले १९३ मत प्राप्त गरी पछ्याएको छ। त्यसैगरी नेकपा एमालेले १३९,नेपाली कांग्रेसले ६९,रास्वपाले १७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ९६ हजार एक सय २२ मध्ये कूल ४४ हजार ६ सय ३४ मत खसेको छ।
४० वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा भौगोलिक रूपमा विकट मानिने कटारी नगरपालिका, रौतामाइ गाउँपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका पर्दछन्।
प्रतिक्रिया दिनुहोस !