बालेन लक्षित ओलीको कटाक्ष : प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौं

बालेन लक्षित ओलीको कटाक्ष : प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौं
फाइल तस्बिर

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउन राजनीति नगरेको टिप्पणी गरेका छन् । 

झापा–५ का उम्मेदवारसँग मंगलबार सार्वजनिक छलफल कार्यक्रम थियो । त्यसमा झापा–५ का सबै उम्मेदवार सहभागी भए पनि रास्वपा उम्मेदवार शाह सहभागी भएनन् । त्यसलाई लिएर बुधबार ओलीले सामाजिक सञ्जालमार्फत बालेन लक्षित कटाक्ष गरेका हुन् । उनले अहिलेसम्म आफूमाथि उठेका प्रश्नको जवाफ दिएको बताएका छन् । 

‘हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरू पनि सुनिन्छन्,’ ओलीले भनेका छन्, ‘कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं । प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौं ।’ उनले नागरिकभन्दा टाढा बसेर अनुहार छुपाउने काम नगरेको बताएका छन् । 

‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो । चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो,’ ओलीले भनेका छन्, ‘उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन ।’ उनले सार्वजनिक बहस आयोजना गर्नेलाई पनि धन्यवाद दिँदै भनेका छन्, ‘म नागरिकको साथमा रहनेछु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.