काठमाडौं : संसदीय सुनुवाइ समितिमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा प्रस्तावित भएकाहरूविरुद्ध परेका उजुरीमाथि छलफल सुरू भएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा छलफल भइरहेको हो।
असार २५ गते बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी दिनका लागि १० दिनको समय दिएको थियो।
समितिका अनुसार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी परेको छ। आयुक्तद्वयविरुद्ध भने उजुरी परेको छैन।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीनजनाको नाम सिफारिस गरेको थियो । संसदीय समितिबाट प्रस्तावित व्यक्तिहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस !