कांग्रेस नेता महेन्द्र यादवले दिए धनुषा-४ बाट उम्मेदवारी
ढल्केवर (धनुषा) : नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवले धनुषा-४ बाट उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट महेन्द्र यादवले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिए।
अघिल्लो निर्वाचनमा यादव नेकपा एमालेका रघुवीर महासेठसंग पराजित भएका थिए। २०७९ सालको निर्वाचनमा महासेठले नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !