पत्र बुझाउन गएका आयोगका कर्मचारीलाई ओलीले लिखित विवरण थमाए
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगका कर्मचारीलाई लिखित विवरण थमाएर फर्काएका छन्।
भक्तपुरको गुण्डुस्थित निवासमा आइतबार जेनजी आन्दोलनका सम्बन्धमा आयोगका तर्फबाट पत्र पुर्याउन गएका कर्मचारीलाई ओलीले उक्त विवरण दिएका हुन्।
सचिवालयका अनुसार अध्यक्ष ओलीले आफूसँग यही विवरण रहेको भन्दै आयोगका कर्मचारीलाई थमाएका थिए। भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई बयानका लागि आइतबार पत्र काटेको थियो। उक्त पत्र लिएर आयोगका कर्मचारी गुण्डु पुगेका थिए।
स्रोतका अनुसार ओलीले घटना सम्बन्धमा आफूले बनाएको विवरण आयोगका कर्मचारीलाई थमाएर फिर्ता पठाएका थिए। आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको थियो। लेखकले आयोगमा लिखित विवरण बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस !