वातावरण सरकारले बनाएको छैन, चुनाव हुने सम्भावना छैन

प्रधानमन्त्री र राष्ट्रपतिलाई अदालतले जे फैसला गर्छ त्यो मानौंला भन्यौं : ओली

प्रधानमन्त्री र राष्ट्रपतिलाई अदालतले जे फैसला गर्छ त्यो मानौंला भन्यौं : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावी विरोधी नभएको बताएका छन्। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले प्रतिगमनको विरोध गरेको तर निर्वाचनको विरोध नगरेको जानकारी गराएको बताए।

उनले भने, ‘अस्तिको दिन राष्ट्रपतिले आमन्त्रण गर्नुभएको थियो। प्रधानमन्त्रीलाई बोलाउनुभएको रहेछ  आउनुभएको थियो। राष्ट्रपतिको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो। हामीले भन्यो - यो अग्रगमनको बाटोमा गएको छैन, प्रतिगमन भएको छ। असंवैधानिक ढंगले सरकार बनेको छ। चुनावी विरोधी हामी छैनौं, हामीले प्रतिगमनको विरोध गरेको हो, चुनाव हुनुहुँदैन भन्ने हाम्रो कुरा होइन। प्रतिगमन हुनुहुँदैन भन्ने हाम्रो कुरा हो। सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ भन्ने हामीले कुरा गरेका छौं। हामीले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग हामीले गरेका छौं, त्यहाँ के कुरा भयो भने अदालतमा विषयमा गएको छ, अदालतले जे फैसला गर्छ त्यो मानौंला, कार्यान्वयन गरौंला भन्ने सहमति भयो।’

उनले प्रधानमन्त्री र राष्ट्रपतिले चुनावमा गराऔं भन्नुहुन्छ भने हामीले  नगराउनु नभनेको जानकारी गराएको बताए। उनले निर्वाचनको वातावरण सरकारले बनाउन नसकेकाले चुनाव हुने सम्भावना नरहेको बताए।

अहिलेपनि विभिन्न ठाउँमा आक्रमण हुनेक्रम जारी रहेको उनको दाबी छ।

उनले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान बचाउने हाम्रो काम र अभिभारा भएको बताए। ओलीले एमालेका भोलेन्टियर कुलतमा नलागी उच्च आदर्श र कर्तव्यपालनाका साथ महाधिवेशनमा होमिएको भन्दै  भन्दै प्रशंसा गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.