रातो मच्छिन्द्रनाथलाई बुङमतीबाट पाटन तबहाल ल्याइयो (फोटो फिचर)
ललितपुर : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई बुङमतीबाट पाटन ल्याइएको छ। साइतअनुसार बुधबार बुङमतीबाट मच्छिन्द्रनाथलाई पाटन ल्याइएको हो।
हरेक वर्ष एक महिना लामो चल्ने रथ यात्रा सम्पन्न भएसँगै भोटो जात्रापछि बुङमती लगिएको हो। रातो मच्छिन्द्रनाथलाई बुङमती छ र पाटनमा छ महिना राखिने चलन छ। देवतालाई बुङमतीमा छ महिना राखेर पाटन ल्याइएको हो। बुङमतीबाट देवतालाई खटमा बोकेर पाटन ल्याइने गरिन्छ। सोही क्रममा विधिवत् रूपमा पूजा गर्ने चलन छ।









प्रतिक्रिया दिनुहोस !