सिमरा घटना

एमाले नेतालाई रोकेपछि विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई प्रश्न : भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

एमाले नेतालाई रोकेपछि विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई प्रश्न : भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । आज काठमाडौंबाट सिमरातर्फ एमालेका नेताहरुलाई जान रोकेको घटनातर्फ इंगित गर्दै शर्माले बुधबार निषेधको राजनीति नगर्न आग्रह गरेका हुन् ।
उनले प्रधानमन्त्री सुशिला कार्कीलाई मेन्सन गर्दै भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भन्दै प्रश्न गरे।

शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको धारणा राखे। ‘सिमरा घटना दु:खद ! @pmsushilakarki लाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’ शर्माले एक्समा प्रश्न गर्दै भनेका छन्,‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै सम्राट उपाध्यायसहितको नेतृत्वमा २०/२५ जनाले प्रदर्शन र तोडफोड गरेका थिए।

बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा जागरण अभियानका लागि काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत पोखरेल र बस्नेत जान लागेको थाहा पाएपछि जेनजीका नाममाबाहिर विरोध प्रदर्शन भएपछि एमाले कार्यकर्ताहरू पनि प्रतिरोधमा उत्रिएका थिए। जेनजीका नाममा युवाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका छन्।

स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ। सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.