मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न कांग्रेसमा माग

मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न कांग्रेसमा माग
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन गर्न केन्द्रीय पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। कांग्रेसका युवा नेताहरूको एक समूहले मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न माग गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको हो। 

ध्यानाकर्षण पत्रमा भनिएको छ,ʻविधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम हो। पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो। तसर्थ १५ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुनसक्ने आधार र  कार्ययोजना ल्याउन नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौँ।ʼ

ध्यानाकर्षण पत्रमा अन्यथा यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग समेत गरेको छ।  

ध्यानाकर्षण पत्रमा जेनजीहरुको भावना अनुरुप सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको मुद्दालाई पार्टीले गम्भीरता पूर्वक  लिनुपर्ने उल्लेख छ।  

यस्तै आर्थिक अनुशासनलाई पारदर्शी बनाउन केन्द्रीय समितिले ʻआन्तरिक अनियमितता छानबिन आयोगʼ गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.