अमेरिकी क्रिकेट बोर्ड निलम्बन

अमेरिकी क्रिकेट बोर्ड निलम्बन
सुन्नुहोस्

दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। आईसीसीको विधान अनुसारको भूमिका निर्वाह गर्न नसकेको र पटक पटकको निर्देशनलाई पनि अवज्ञा नगरेको भन्दै आईसीसीको बोर्ड बैठकले अमेरिकाको सदस्यता निलम्बन गरेको हो।

अमेरिकी क्रिकेट बोर्डले आफ्नो संरचनामा सुधार नगरेको, आफ्नो ओलम्पिक तथा पारालिम्पिक कमिटीसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदिएको र विभिन्न क्रियाकलाप गर्दै विश्व क्रिकेटलाई नै बदनाम पार्ने काम गरेको आरोप आईसीसीले लगाएको छ।

क्रिकेट बोर्ड निलम्वित भए पनि अमेरिकी राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। टोलीको व्यवस्थापन अस्थायी रूपमा आईसीसी र उसले तोकेको प्रतिनिधिले गर्नेछ। सन् २०२८ मा लसएञ्जलसमा हुने ओलम्पिकलगायतका प्रतियोगिताको तयारी पनि आईसीसीको प्रत्यक्ष निगरानीमा हुनेछ।

आइसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारको कदम चाल्न निर्देशन दिने र त्यसको प्रगतिलाई हेरेर आगामी निर्णय गरिने जनाएको छ। यसअघि सन् २०२४ को वार्षिक साधारणसभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो। बोर्डले निर्देशन अनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट निलम्बन गरिएको हो।

आईसीसीले सन् २०१६ देखि २०१९ सम्म नेपाल क्रिकेट संघ (क्यान) लाई पनि निलम्बन गरेको थियो। सन् २०१९ मा क्यानमाथिको निलम्बन फुकुवा भएको थियो। सन् २०२२ मा कन्ट्रोल फन्डिङको व्यवस्था पनि आईसीसीले हटाएको थियो। नेपाली टोलीले पनि क्यान निलम्बनका बाबजुद अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.