मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर हुँदैन, राहतको व्यवस्था गरौं: उपेन्द्र यादव

मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर हुँदैन, राहतको व्यवस्था गरौं: उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्रै मधेशका किसानको समस्या समाधान नहुने भएकाले आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले विधुतीय सिंचाइ प्रणाली,खानेपानीको व्यवस्थाका साथै संकटग्रस्त क्षेत्रमा २४ सै घण्टा विधुत आपूर्ति गर्नुपर्नेमा जोड दिए । त्यस्तै यादवले किसानले लिएको ऋणमा छुटको व्यवस्था र आगामी उत्पादनका समयमा अनुदानका साथै किसानलाई विशेष सहयोग गर्नुपर्ने बताए।

सरकारले  मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई खानेपानीको चरम अभाव भएपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार मधेश प्रदेशको कूल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाईँ हुन सकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.