आईपीएलबाट राष्ट्रिय टोलीमा

आईपीएलबाट राष्ट्रिय टोलीमा
सुन्नुहोस्

मुम्बई : आगामी जुन २० बाट भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्ध पाँच टेस्टको शृंखला खेल्दै छ । शृंखलामा सहभागी हुने भारतीय टोलीको घोषणा पनि भइसकेको छ । 

इङ्ल्यान्ड भ्रमणका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुभमन गिलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ । जसमा अधिकांश युवा खेलाडी छन् । जसमध्ये केही खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको ढोका खोलेका छन् ।

साई सुदर्शन :  साई सुदर्शनका लागि यस सिजनको आईपीएल विशेष रह्यो । उनले गुजरात टाइटन्सबाट १४ खेलमा ६ सय ७९ रन बनाए । जसमा एक शतक र पाँच अर्धशतक पनि बनाउन सफल भए । उनको आक्रामक ब्याटिङकै कारण गुजरातले प्लेअफमा स्थान बनायो भने उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । इङ्ल्यान्ड भ्रमण उनका लागि अवसरसँगै चुनौती पनि हुनेछ । पहिलो पटक टेस्ट टोलीमा स्थान बनाएका उनले सेतो बलमा जस्तै रातो बलमा पनि आफूलाई प्रमाणित गर्नुपर्नेछ । 

सार्दुल ठाकुर  : सार्दुलले पनि यस सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरे । त्यही कारण उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । उनले करिब १८ महिनापछि भारतीय टोलीमा पुनरागमन गरेका छन् । उनले पछिल्लो पटक सन् २०२३ मा दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियन टेस्टमा प्रतिस्पर्धा गरेका थिए । सार्दुलले जारी आईपीएलमा नखनउ सुपर जायन्टबाट खेल्दै १३ विकेट लिएका छन् । यससँगै एकदिवसीय क्रिकेटमा पनि उनको प्रदर्शन उत्कृष्ट मानिन्छ । 

करुण नायर  : करिब आठ वर्षपछि करुण नायरले टेस्ट टोलीमा पुनरागमन गरेका हुन् । दिल्ली क्यापिटल्सबाट आईपीएलमा प्रतिस्पर्धा गरेका उनले खुबै चर्चा कमाए । यस पटक उनले आईपीएलको सात खेल मात्रै खेले । जसमा एक सय ५४ रन बनाए । उनले आईपीएलको 
आफ्नो पहिलो खेलमा ८९ रन बनाएका थिए । अहिलेसम्म ६ टेस्ट खेलेका करुणले तीन सय ७४ रन बनाएका छन् । जसमा एक तेहेरो शतक पनि समावेश छ ।

अर्शदीप सिंह  : अर्शदीपले आईपीएलमा सदैव आफ्नो भूमिका निभाउँदै आएका छन् । बायाँ हाते तीव्र गतिका बलर सिंहले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरे । पञ्जाब किङ्सका सिंहले १२ खेलमा १६ विकेट लिन सफल भए । त्यही कारण उनले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भए ।

भारतीय टोली  : शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिशकुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल  (विकेटकिपर), वासिङ्टन सुन्दर, सार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहमद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह र 
कुलदीप यादव ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.