ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा
सुन्नुहोस्

म्याग्दी : पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग जोडिन लागेको हो। 

चालु आर्थिक वर्षमा संघीय सरकारले विनियोजन गरेको बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने योजना सञ्चालन गरेको छ। 

पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको योजनामार्फत हालसम्म तीन किलोमिटर मार्ग खुलेको र थप पाँच किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए। उनका अनुसार सडक डिभिजन मार्फतनै थप एक करोड बजेट विनियोजन भएको योजनाबाट मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ। 

काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो। बेनीबाट मुना–खोरीया–मरेनी हुँदै करिब ५६ किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।  

‘बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ’, उनले भने ‘पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।’

जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयवासीहरुलाई यो सडक छोटो पर्ने पनि उनले बताए। म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो। 

बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ। प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम जुग्जालीले बताए।  

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकखण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ। मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ। 

तस्बिर सन्तोष गौतम, अन्नपूर्ण  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.