पहिरोले घर भत्कायो,सुतिरहेका बालक घाइते
गोरखा : पालुङ्टार नगरपालिका ९ सिस्नेरीमा एक घर भत्किँदा सुतिरहेका बालक घाइते भएका छन् । बुधबार बिहान सातबजेतिर अबिरल वर्षापछिको पहिरोले घर भत्किँदा सज्जन शिवभक्ति घाइते भएका वडा सदस्य अमृत नगरकोटीले जानकारी दिए ।
११ वर्षीय शिवभक्ति त्रिवेणी मावि सेराका विद्यार्थी हुन् । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको वडा सदस्य नगरकोटीले बताए । अबिरल वर्षाका कारण घरमाथिको बारी पहिरिएर धक्का दिँदा घरको गारो भत्किएको उनको भनाइ छ ।
घटनापछि रातामाटे प्रहरी चौकी सेराबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । घाइतेको अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !