निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्।  

शुक्रबार मन्त्रालयमा नेपाल चिकित्सक संघको टोलीसँगको छलफलका क्रममा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिने निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन्।

उनले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने बताए । नेपाल चिकित्सक कर्मचारीहरूलाई ८औँ सरह नै भत्ता दिनुपर्ने उनले स्पष्ट पारे ।

उनले सरकारको निर्णय कार्यान्वयन गराइछाड्न उल्लेख गर्दै चिकित्सकहरूलाई उपचार सेवामा फर्किन आग्रह गरे ।  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारको निर्णय अझै पनि कार्यान्वयन नभएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । आवासीय चिकित्सकका विषयमा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदा पनि कार्यान्वयन हुन नसक्नु दुखद अवस्था रहेको उनले बताए।

यसअघि बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सक आन्दोलनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.