प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
नेपाल भ्रमणमा रहेका चौथाइवालेले नेपालका राजनीतिज्ञ र सरकारका मन्त्रीहरूसँगको भेटवार्ता व्यस्त छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतसँग भेटवार्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस !