गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन्। नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मू कश्मीरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे। मन्त्री लेखकले उक्त घटना दुःखद भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए। मन्त्री लेखकले नेपाल-भारतबीचको सदियौं देखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए।

भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे। 'नेपाल-भारतबीचको सम्बन्ध दृढ छ। कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन,' उनले भने। उनले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.