दुर्गम बगरमा सडक पुग्यो

दुर्गम बगरमा सडक पुग्यो
सुन्नुहोस्

बेनी : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगर गाउँ सडक सञ्जालमा जोडिएको छ। 

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउरा हुँदै बगर जोड्ने सडक निर्माण गरेपछि बुधबार पहिलोपटक गाडी पुगेको छ। बगरका बासिन्दासमेत रहेका धवलागिरिगाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले गाउँमा पहिलोपटक गाडी आउँदा स्थानीयवासीमा खुसीयाली छाएको बताए। ‘नाउरादेखि बगर पुग्न हिँड्न सक्नेलाई दुई घण्टा र नसक्नेलाई पाँच घण्टा भिरको अप्ठ्यारो बाटो हिँड्नुपथ्र्यो,’ उनले भने ‘सडक बनेपछि गाडी चढेर बगरदेखि ३० मिनेटमा नाउरा पुग्न सकिने भएको छ।’

सडकबाट बगर र सिम्कोस गाउँका ५५ घरधुरीलाई गाउँपालिकाको केन्द्र मुना, वडाको केन्द्र मुदी, जिल्ला सदरमुकाम बेनीसहित छिमेकी गाउँहरूमा आवतजावत गर्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ। बगर धौलागिरि आधारशिविर जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानव बस्ती हो। 

म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख ज्योतिकुमार केसीले अपर म्याग्दी १ जलविद्युत् आयोजनाको खाम्लास्थित बाँध निर्माणस्थलदेखि बगरसम्मको सडकको दूरी ६ किलोमिटर रहेको बताए। हाइड्रो भिलेज प्रालि प्रवद्र्धक रहेको म्याग्दी खोलाले पहुँचमार्ग निर्माणका लागि गत वर्ष हेलिकोप्टरबाट बगरमा डोजर लगेको थियो। 

बगर र नाउरा दुई तर्फबाट डोजर परिचालन गरेर सडक निर्माण गरिएको हो। म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी खोला जलविद्युत् आयोजनाले बगर जाने सडकअन्तर्गत नाउरास्थित म्याग्दी नदीमा ४७ मिटर लामो बेलिब्रिज जडान गरेका थिए। जेल्तुङदेखि दोभानमा निर्माण हुन लागेको बाँधसम्म जोड्ने पहुँचमार्ग निर्माणको कामलाई निरन्तरता दिइने केसीले बताए। म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज ऊर्जा डेभलपर्स प्रालिको भगिनी कम्पनी हो। ऊर्जा डेभलपर्सको अर्को भगिनी कम्पनी म्याग्दीखोला हाइड्रो लिमिटेडमार्फत ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी १ जलविद्युत् आयोजना निर्माणाधीन छ। 

आयोजनाले ६ सय २६ दशमलब ५० मिटर हेड र म्याग्दी खोलाको १२ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड बहाव प्रयोग गरी विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ। आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र सम्पन्न हुनेछ। आयोजना सम्पन्न भएपछि सुक्खायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.