लाओसविरुद्ध गोल गरेका अनन्त भन्छन्- राष्ट्रिय टिममा अझै सुधार आवश्यक छ

लाओसविरुद्ध गोल गरेका अनन्त भन्छन्- राष्ट्रिय टिममा अझै सुधार आवश्यक छ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ दी म्याच घोषित भएका अनन्त तामाङले राष्ट्रिय टिममा अझै सुधार आवश्यक भएको बताएका छन्।

बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो। नेपालका लागि ३०औं मिनेटमा पहिलो गोल गरेका अनन्तले नतिजा आफ्नो पक्षमा परे पनि सन्तोषजनक प्रदर्शन नभएको सुनाए।

‘आजको प्रदर्शन सन्तोषजनक त थिएन अझै सुधार गर्नुपर्ने छ, तर हामीले तयारी गर्ने पर्याप्त समय पनि पाएनौं। नयाँ खेलाडी पनि धेरै हुनुन्छ,’ खेलपछि अनन्तले भने, ‘पोसेसनमा लाओसले डोमिनेट गरे पनि नतिजा हाम्रो पक्षमा पार्न सफल भयौं।’

खेलमा जसरी पनि गोल गर्ने लक्ष्य सुरुदेखि नै भएको र त्यही अनुसार ट्रेनिङमा पनि त्यसका लागि तयारी गरेको सुनाए।

‘लक्ष्य त्यही (सेटपिसमा आफूले गोल गर्ने) थियो, हामीले ट्रेनिङमा त्यसको तयारी पनि गरेका थियौं,’ उनले भने, ‘खुशी छु, कोचले भने जस्तै गरी गोल भयो।’

तुलनात्मक रूपमा लाओसले खेलमा नियन्त्रण जमाए पनि ‘कम्प्याक्ट डिफेन्डिङ’ गरेर नतिजा राख्न सफल हुँदा खुशी लागेको उनले सुनाए।

आज पहिलो रोजाईमै परेर राष्ट्रिय टिमको डेब्यू गरेका सनिश श्रेष्ठ क्षमतावान् खेलाडी भएको पनि अनन्तले बताए।

‘(सनिश) ट्यालेन्ट खेलाडी लाग्यो। पहिलेचाहिँ हामीलाई कम्बिनेसनमा गाह्रो परिरहेको थियो,’ उनले भने, ‘तर, अब टिममा सेट भइसकेको छ। भुटानविरुद्धको खेलमा अझै हामी एक टिम भएर आउने छौं।’

राष्ट्रिय टिमका धेरै खेलाडी विदेशिँदा ‘कोर्डिनेसन’मा समस्या भएको तर नयाँ खेलाडी टिममा सेट भएपछि त्यो समस्या समाधान हुने अनन्तले विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.