थ्री नेसन्स कप : नेपालसँग २-० ले हार्‍यो लाओस

थ्री नेसन्स कप : नेपालसँग २-० ले हार्‍यो लाओस
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलको नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३०औं मिनेटमा अनन्त तामाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

नवीन लामाले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्सभित्र उत्कृष्ट रन बनाएका अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। अनन्तको गोलसँगै पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो।

एरियल बलमा लाओसका डिफेन्डरबाट बल खोस्दै ५६औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। नवयुगले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारमा अगाडि बढेका लाओसका गोलकिपर सेसाभाथ निरीह बने। 

null

भ्रमणकारी टिममाथि हाबी बनेको नेपालले गोलका लागि अन्य अवसर सिर्जना गरे पनि कन्भर्ट गर्न सकेन। आयुष घलानले पाँचौं मिनेटमा बायाँ तर्फबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत् गोल गर्ने सुन्दर मौका गुमाएका थिए। पेनाल्टी एरियाभित्र अन्मार्क्ड रहेका नवयुगले हेडरको कोसिस गरे पनि अपेक्षित कनेक्ट गर्न सकेनन्।

सुरुआती २० मिनेटसम्म भ्रमणकारी लाओसमाथि हाबी बने पनि नेपाल स्पष्ट मोका बनाउन संघर्षरत थियो। आयुषले १८औं मिनेटमा बायाँ फ्लान्कमा उत्कृष्ट ड्रिबलिङ गर्दै पेनाल्टी एरियाभित्र रहेका एरिक विष्टलाई पास दिएका थिए। एरिकले मिलाइदिएको पासमा पुजन उपरकोटीले पेनाल्टी एरिया अगाडिबाट गरेको लामो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। 

null

लाओसका एटी भिङ्खामले २५औं मिनेटमा पेनाल्टी एरिया अगाडिबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। लाओसका कप्तान सोकाफोन भोङ्चिङ्खामले ३५औं मिनेटमा दायाँ तर्फबाट गरेको उत्कृष्ट क्रस नेपालका डेब्यूट्यान्ट डिफेन्डर सनिश श्रेष्ठले उत्कृष्ट क्लियर गरेका थिए।

लाओसका बोनपाचन बोङ्कोङले ६७औं मिनेटमा गरेका प्रहारमा नेपाली गोलकिपर किरण चेम्जोङ बिट भइसकेका थिए। यद्यपि, गोल लाइन अगाडि रहेका अनन्तले त्यो प्रहार रोकेका थिए।

मनीष डाँगीले ७१औं मिनेटमा बायाँतर्फबाट उत्कृष्ट रन बनाएर पेनाल्टी एरियामा रहेका नवयुगलाई पास दिएका थिए। नवयुगले सेकेन्ड बारमा अन्मार्क्ड रहेका आयुषलाई पास दिएका थिए। तर, हाफ भलीको कोसिस गरेका आयुषको फितलो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

नेपाली टिमका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आजै टच लाइनमा डेब्यू गरे। आफैँले डेब्यू गरेको खेलमा एनेसले चार खेलाडीलाई राष्ट्रिय टिममा डेब्यू गराए। 

null

डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर मणी लामा, दिपकराज सिंह ठकुरी र अट्याकर सुमित श्रेष्ठले आज डेब्यू गरे। सनिशले पहिलो रोजाईमै स्थान बनाउँदा बाँकी तीन खेलाडीले सब्स्टिच्युटको रूपमा मौका पाए।

नेपाल फिफा वरीयताको एक सय ७५औं स्थानमा छ। लाओस नेपालभन्दा १२ स्थान तल एक सय ८७औं स्थानमा छ। नेपालले प्रतियोगिताको अर्को खेलमा शनिबार भुटानविरुद्ध खेल्ने छ।

आयोजक नेपालसँगै भुटान र लाओस गरी तीन टिम सहभागी प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। त्यस्तै उपविजेताले तीन हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच डलर प्राप्त गर्नेछन्। प्लेयर अफ दी म्याचलाई दुई सय ५० डलर प्रदान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.