सरकार र चिकित्सकबीच सहमति,आन्दोलनका कार्यक्रम स्थगित

सरकार र चिकित्सकबीच सहमति,आन्दोलनका कार्यक्रम स्थगित
तस्बिर : अभिशेख महर्जन
सुन्नुहोस्

आइतबार बिहान सिंहदरबारमा सरकार र चिकित्सकबीच भएको वार्तामा घाइते चिकित्सक डा.जेनीथलाल सिंहलाई उपचारको व्यवस्था सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको हो।

काममाडौं: सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार बिहान सिंहदरबारमा सरकार र चिकित्सकबीच भएको वार्तामा घाइते चिकित्सक डा.जेनीथलाल सिंहलाई उपचारको व्यवस्था सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको हो।

यस्तै,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐेन २०६६ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको वार्तामा सहभागी राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक रूद्र मरासिनीले अन्नपूर्णलाई जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा शुक्रबार ड्युटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार शम्भु  गुरुङले  राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए।

डा.सिंहमाथि कुटपिट गर्ने प्रहरी हवल्दार गुरुङ निलम्बनमा परेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.