यती एयरको विमान दुर्घटना :घटनास्थलबाट ३२ शव निकालियो

यती एयरको विमान दुर्घटना :घटनास्थलबाट ३२ शव निकालियो

पोखरा : यती एयरको एटीआर ७२ विमान दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ। सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन्  ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको छ।

यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । 

जहाजमा ७० जना सवार थिए। आइतबार बिहान साढे १० बजे काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको थियो। ११ बजे पोखराको नयाँ एयरपोर्टमा ल्याण्ड हुने क्रममा विमान दुर्घटना भएको थियो। 

विमान पाइलट कमल केसीले उडाएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.