सुनसरी झन अशान्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सुनसरी झन अशान्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सुन्नुहोस्

सुनसरी : सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीचको तनाव सोमबारको तुलनामा मंगलबार झन चर्किएको छ । आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने जिल्लाको सदरमुकाम इनरुवा पूर्ण रूपमा बन्द भएको छ ।

जिल्लाका विभिन्न स्थानमा हिन्दु समुदायका प्रदर्शनकारी हिन्दु बहुल क्षेत्रमा र मुस्लिम समुदायका प्रदर्शनकारी मुस्लिम बहुल क्षेत्रमा सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् । आन्दोलन नेतृत्वविहीन रूपमा फैलिएकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन चुनौती थपिएको जनाइएको छ ।
स्थिति नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको व्यापक परिचालन गरिएको भए पनि अधिकांश क्षेत्रमा तनाव कायमै रहेको  छ।

स्थानीय प्रशासनले आन्दोलनरत दुवै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले शान्ति–सुरक्षा कायम गर्न प्रशासनले सबै पक्षसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको बताएका छन् । यसैबीच, जिल्लाका केही स्थानमा दुवै समुदायका उग्र समूहले एकअर्काका घर तथा धार्मिकस्थलमाथि आक्रमण गरेको जानकारी प्राप्त भएको छ । यस्ता घटनाको आधिकारिक विवरण भने सम्बन्धित निकायबाट सार्वजनिक भइसकेको छैन । 

देवानगञ्ज–३ को कप्तानगञ्जबाट सुरु भएको तनाव अहिले जिल्लाका विभिन्न क्षेत्रमा फैलिँदै गएको छ । प्रशासनले नागरिकलाई संयमित रहन, कुनै पनि अपुष्ट सूचना सामाजिक सञ्जालमा नफैलाउन तथा शान्ति कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ । सुरक्षा अवस्था संवेदनशील बनेसँगै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन तथा यात्रुहरू समेत प्रभावित भएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.