मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितको प्रदर्शन


काठमाडौं : मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ठूला बचतकर्तालाई सहकारीसँग मिल्नका लागि बिभिन्न निकायबाट दवाव आएको र यसका कारण आफूहरु थप पीडामा परेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने उनीहरुको माग छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले छिटो भन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन् ।

साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनु पर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनु पर्ने उनीहरुले माग गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिए जस्तो गरे पनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए । उनले समस्याग्रस्त घोषणा नगरिएका केहि सहकारीले पनि बचतकर्ताको अबौं रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.