सुर्खेतमा जिप दुर्घटना,१५ जना घाइते

सुर्खेतमा जिप दुर्घटना,१५ जना घाइते
सुन्नुहोस्

सुर्खेत : सुर्खेत लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका आठजनाको माया नर्सिङ होम, सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल, दशरथपुर (सुर्खेत) मा उपचार भइरहेको छ। 

दुर्घटनाग्रस्त जिपलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.