काभा पुरुष भलिबल च्याम्पियनसिपमा सबै खेल हार्दै नेपाल जितविहीन
काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिप नेपाल पाँचौं स्थानको खेलमा काजकिस्तानसँग ३–० ले पराजित भएको छ । लिग चरणको ५ खेल हारेको नेपालले पाँचौं स्थानको खेल हार्दा नेपाल ६ टिममा छैटौं भएको हो ।
पाकिस्तानको इस्लामाबादमा मंगलबार भएको खेलमा नेपाल काजकिस्तानसँग २५–१८, २७–२५ र २५–२० ले पराजित भएको हो । नेपालले सबै खेल हार्दै तालिकाको अन्तिममा रहँदै प्रतियोगिता सकाएको हो । एभआइभीबीको वरियतामा स्थान बनाए पनि नेपालको लागि यो प्रतियोगिताको नतिजा सुखद भने रहेन ।
नेपालले लिग चरणको पहिलो खेल काजकिस्तानसँग ३–२ सेटले हारेको थियो । दोस्रो खेलमा श्रीलंकासँग पनि नेपाल ३–२ सेटले हारेको हो । तेस्रो खेलमा पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । चौथो खेलमा बंगलादेशसँग ३–२ सेटले पराजित हुँदा लिग चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–० सेटमा पराजित भएको हो ।
प्रतिक्रिया दिनुहोस !