नेपालको लगातार तेस्रो हार, नामिबियासँग ३ रनले पराजित

नेपालको लगातार तेस्रो हार, नामिबियासँग ३ रनले पराजित
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ।

नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। 

नामिबियाले दिएको २१२ रनको विजय लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा  ६ विकेट गुमाउँदै २०८ रन मात्रै जोड्न सक्यो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि १७ रन चाहिन्थ्यो। अन्तिम ओभरमा नामिबियाको लागि कप्तान गेहराड इरास्मस आफै आए। अन्तिम ओभरको पहिलो बल लेग बाइ हुँदै २ रन दोस्रो बलमा १ रन तेस्रो बल चौका चौथो र पाँचौँ बलमा २/२ रन अन्तिम बलमा जित्नको लागि नेपाललाई छक्का चाहिन्थ्यो। अन्तिम बलको रूपमा फालिएको बल वाइड भयो। आधिकारिक अन्तिम बलमा गुल्सन झाले १ रन लिँदा १३ रन मात्रै नेपालले जोड्न सक्यो। जसको फलस्वरूप नेपाल नामिबियासँग ३ रनले पराजित भयो।

नेपालको लागि गुल्सन झा १९ र आरिफ शेख ३८ रनमा अविजित रहे। जितका लागि अन्तिम ओभरमा यी दुई ब्याटरले गरेको प्रयास पर्याप्त भने रहेन। 

नेपालका लागि ओपनर ब्याटर  आसिफ शेखले सर्वाधिक ४५ रन बनाए। उनले ८९ रन खेलेर ४ चौका प्रहार गर्दै ४५ रन बनाएका हुन्।  अर्का ओपनर कुशल भुर्तेलले ३४ रन बनाए। पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ५१ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। दोस्रो विकेटका रूपमा वान डाउनमा आएका स्थान पाण्डेको विकेट गए उनले १४ रन बनाउँदै पेभिलियन फर्किए। आजको खेलमा मौका पाएका भीम सार्की खाता खोल्ने बित्तिकै क्याच आउट हुँदै पेभेलियन फर्किए। उपकप्तान दिपेन्द्र सिंह ऐरी ३ रनमा रनआउट भए। कप्तान रोहित पौडेलले ४१ रन बनाए। उनले छैंटौं विकेटका लागि आरिफ शेख सँग ६५ रनको साझेदारी बनाउँदै इनिङ्स उकासे। 

नामिबियाको लागि बलिङतर्फ ज्याक ब्रासेलले सर्वाधिक ३ विकेट लिए ।रुबेन ट्रम्पलमेनले २ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेकोनामिबियाको लागि जान फ्राइलिंकले सर्वाधिक १०० रनको शतकीय पारी खेले। उनले १४९ बलमा ३ चौका प्रहार गरे। उनले तेस्रो विकेटको लागि लोरेनसँग १३१ रनको शतकीय साझेदारी बनाउँदै खेलको लय सम्हालेका थिए। ओपनर ब्याटर माइकल भान लिंगेन ५ रनमै सोमपाल कामीको बलमा बोल्ड भएका थिए। अर्का ओपनर मलान कुर्गेर पनि करण केसीको बलमा १५ रन बनाउँदै क्याच भए।

लोरेन स्टिनकाम्पले ५९ रन  बनाए । कप्तान गेरहार्ड इरास्मस ३ रनमै पेभेलियन फर्किए। जेजे स्मिथ ३ रनमा क्याच भए। जेन ग्रिन ६ रनमा अन्तिम बलमा करण केसीको बलमा गुल्सन झाको हातमा क्याच भए। जान निकोल लोफ्टी इटोन १० रनमा अविजित रहेका थिए। 

नेपालको लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए। 

झारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामीबियासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.