करण केसीको एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा

करण केसीको एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा
सुन्नुहोस्

काठमाडौं : नेपालका तीव्र गतिका बलर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन्। उनले जारी श्रृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध २ विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रियको १०० विकेट पूरा गरेका हुन्। 

उनले ७२ औं एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका हुन्। करणले जारी खेलमा ओपनर ब्याटर मलान कुर्गेर, लोरेन स्टिनकाम्प र कप्तान गेरहार्ड इरास्मसको विकेट लिएका हुन्। 

आजको खेलमा दोस्रो विकेट निकै महत्वपूर्ण बन्यो। उनले ५९ रन बनाएका लोरेनलाई कुशल भुर्तेलको हातमा क्याच गराए। उक्त विकेटले करणको एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरे। करणले नामिबियासँगको खेलमा जान फ्राइलिंक र लोरेन स्टिनकाम्पको १३१ रनको शतकीय साझेदारी तोडेका हुन्। 

केसी सन् २०१८ मा नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.